दफा २१
नाम परिवर्तन, सम्मिलन वा विलय भएमा त्यसको असर
: (१) कुनै ट्रेड यूनियनको नाम परिवर्तन भएको कारणबाट मात्र त्यस्तो ट्रेड यूनियनले प्राप्त गर्ने अधिकार वा पूरा गर्नु पर्ने दायित्वमा कुनै असर परेको मानिने छैन ।
(२) दुई वा दुई भन्दा बढी ट्रेड यूनियनहरुको एउटै ट्रेड यूनियनमा सम्मिलन भएमा वा एउटा ट्रेड यूनियन अर्को ट्रेड यूनियनमा विलय भएमा त्यस्तो ट्रेड यूनियनले पूरा गर्नु पर्ने दायित्वमा कुनै असर पर्ने छैन ।